अपोइन्टमेन्ट तथा सामान्य जानकारी
ब्रसेल्सस्थित नेपाली राजदूतावासमा कसरी सम्पर्क गर्ने?
तपाईं निम्न सम्पर्क विवरणमार्फत दूतावासमा सम्पर्क गर्न सक्नुहुन्छ: ब्रसेल्सस्थित नेपाली राजदूतावास ठेगाना: Avenue Brugmann 210, 1050 Ixelles, Belgium टेलिफोन: +32 2 346 26 58 इमेल: eonbrussels@mofa.gov.np दुतावास वेबसाइट: https://be.nepalembassy.gov.np/ अनलाईन सेवा वेबसाइट: https://bel.nepalembassy.gov.np/ दूतावासमा सम्पर्क गर्दा आफ्नो पूरा नाम, आवश्यक सेवा तथा सम्बन्धित आवेदन वा सबमिशन नम्बर उल्लेख गर्नुहोस्। सूचना: आवेदकहरूलाई सम्बन्धित सेवाका निर्देशनहरू ध्यानपूर्वक पढ्न तथा पूर्ण र सही विवरणसहित आवेदन बुझाउन अनुरोध गरिन्छ। अपूर्ण आवेदन वा आवश्यक कागजातहरू नपुगेमा सेवा प्रक्रिया ढिलो हुन सक्छ।