Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

पर्यटक भिसा सेवा

नेपाल भ्रमणका लागि पर्यटक भिसा कसरी आवेदन गर्ने?

तपाईंले निम्न दुईमध्ये कुनै एक तरिकाबाट आवेदन दिन सक्नुहुन्छ: विकल्प १ – प्रत्यक्ष रूपमा: दूतावासमा उपस्थित भई आवेदन फाराम भर्नुहोस्, आवश्यक कागजात बुझाउनुहोस् र लाग्ने भिसा शुल्क तिर्नुहोस्। दूतावासले आवेदन प्रक्रिया पूरा गरी भिसा जारी भएपछि त्यसको प्रतिलिपि उपलब्ध गराउनेछ। विकल्प २ – अनलाइनमार्फत: आधिकारिक NepaliPort वेबसाइटमा आवेदन फाराम भरी Embassy of Nepal, Brussels छनोट गर्नुहोस् र M अक्षरबाट सुरु हुने सबमिशन नम्बर प्राप्त गर्नुहोस्। त्यसपछि https://bel.nepalembassy.gov.np/ मा दर्ता वा लगइन गरी Tourist Visa छनोट गर्नुहोस्। सबमिशन नम्बर र राहदानी नं, भिसा अवधि प्रविष्ट गरी आवेदन बुझाउनुहोस्। दूतावासबाट आवेदन समीक्षा तथा स्वीकृत भएपछि पोर्टलमा दिइएको भुक्तानी निर्देशनअनुसार शुल्क तिर्नुहोस्। भुक्तानी रसिद अपलोड गरेपछि प्रक्रिया पूरा भई जारी भएको भिसा डाउनलोड गर्न सक्नुहुनेछ।

यस सेवाका अरू प्रश्न